श्रावण १९ राेल्पा – जिल्लाकाे सुनिलस्मृती गाउपालिका वडा न: २ मा रहेको स्वास्थ्य चौकी खुङ्ग्रीमा हिजो आगलागी हुदा विभिन्न सरसमानहरू जलेर क्षती भएको छ ।

बिहान करिब ३ बजेतिर बिजुलीको तार सर्ट भई अचानक आगलागी हदा कम्प्युटर, डेस्कटप, वाईफाईको राउटर, चार्जर,मल्टीप्लग जलेर क्षती भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खुङ्ग्री बाट प्रहरी सहायक निरीक्षक देब बहादुर थलाल को कमाण्डमा प्रहरी टोलीी घटनास्थल पुगेकाे थियो । आगलागी बाट अन्दाजी १ लाख १० हजार मुल्य बराबरको क्षती पुगेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी काेठाभित्र मात्रै भयकाेहुदा अन्य क्षति भनेकाे छैन । इलेक्ट्रोनिक सामानमा मात्र क्षति पुगेकाे हुदा आगाे छाेटाे समयमा नै स्वत नियन्त्रणमा आयकाे प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार