श्रावण १८ राेल्पा – गंगादेव गाउपालिका वडा नम्बर ६ बल्लेका एक जनामा कोरोना पोजेटिभ पुष्टि भयकाे छ ।उक्त व्यक्ति वैदेशिक रोजगार साउदि अरबबाट गत असार १७ गते आएर जीवनज्याेति माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेका थिय ।

काेराेना पाेजेटिभ देखिनेमा ३२ वर्षिय पुरुष रहेका छन । एक हप्ता पहिले PCR चेकको लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्ज पठाएको थियोे । उक्त व्यक्ति संग लसपस गरेका १२ जनाको पहिलो चरणमा स्वाब सङकलन गरेर PCR चेकको लागि पठाउन लागिएको गंगादेव गाउपालिका स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तिले बताउनु भयाे । साथै अहिले उक्त वडा नम्बर ६ लाई सिल गरिएकाेे गाउपालिका प्रेस संयाेजक अशोक वलिले जानकारी दिनु भयाे ।

गंगादेव गाउपालिकामा अहिलेसम्म याे सहित दुई जनामा काेराेना पाेजेटिभ देखियकाे छ । याे भन्दा अगाडि क्वारेन्टाइनमा नै आत्महत्या गरेर मृत्यु भयका व्यक्तिमा काेराेना पाेजेटिभ पुष्टि भयकाे थियाे ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार