श्रावण  १५ सल्यान । बालविवाह न्युनिकरणकाे लागि ऐन कानुनमा रहेर विभिन्न निकाय तथा संस्थाहरुले काम गर्दै आयकाे भयपनि देशभरि नै निर्मुल भने भयकाे पाइदैन । यसकाे सट्टामा झन स्वरुप बदलिदै गएकाे छ । केही वर्ष यता बालबिवाह न्युनिकरणमा केही सफलता भयकाे भयपनि उता सल्यानमा भने स्वरुप नै बदलेेेर बालविवाह गर्ने गराउने गरेकाे पाइएको छ । केही समय यता पण्डित राखेर भाेजभतेर गरेर बालविवाह गर्दा प्रहरीले त्यसलाइ न्यूनिकरण गरेकाेमा अहिले कसैलाइ थाहा नदिएर सामान्य ढंगबाट बालविवाह गर्नेहरुकाे संख्या वृद्धि भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पत्रकारसंग गरेको भेटका क्रममा सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बालविवाह राेक्न सल्यानमा धेरै सफल भएकाे बताए ।

पहिले जस्तै पण्डीत राखेर बाल विवाह गर्नेहरु कमी भएपनि अहिले स्वरुप बदलेर सामान्य ढंगबाट बालविवाह गर्नेकाे सङ्ख्या वृद्धि भयकाे उनकाे भनाइ छ । पछिल्लो समय प्रहरीले त्यस्तो विवाह गरेको आरोपमा ४ जनालाई पक्राउ समेत गरेकाे उनले बताए । प्रहरीले कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिमका १७ वर्षीय बालक र बनगाड कुपिण्डे नगरपालिका वडा न १२ की १९ वर्षीया बालिका सहित बालविवाह गराउने कार्यमा संलग्न बालककी आमा केवली रोका र बुवा दयाराम रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विवाह गराई माइती जाने क्रममा मंगलबार गाडीबाट पक्राउ गरिएको डिएसपी खतिवडाले बताए । सवारी चेकजाँच गर्ने क्रममा उमेर नपुगी विवाह गरेको शंका मानी सोधपुछ गर्ने क्रममा उमेर नपुगी विवाह गरेको पाइए पछि उनीहरुलाई पक्राउ गरिएको उनको भनाई छ । पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत सल्यानमा बाल विवाह कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरे आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । बालविवाह राेक्नकाे लागि पछिल्लाे समय सल्यानमा प्रहरीले स्टिकर अभियान समेत संचालन गरेकाे छ ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार