श्रावण १२ जाजरकोट – छेडागाड नगरपालिकाले स्वास्थ्य,कृषि शिक्षा लाई प्राथामिकतामा राखेर आगामि आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यक्रम लागु गर्ने भएको छ । कोरोना कहरमा पनि रोजगार स्वास्थ्य शिक्षा कृषिलाई नै जोड दिएको नगरपालिकाले जनाएको छ । जाजरकोटकाे छेडागाड नगरपालिकाका नगरप्रमुख लाल बहादुर महताराले कोरोना विरुद्ध सबैले हातेमालो गर्नु नै पहिलो प्राथामिकता रहेको प्रतिक्रिया दिनु भएको छ ।

उहाले भन्नु भयो “विश्व संकटमा जुधिरहेको बेला आम नागरिकलाई रोग भोक बाट आफुपनि बाच्न र अरु लाई पनि बचाउनु राम्रो हुने” बताउनु भयो । यो चालु आर्थिक बर्षको बजेट छेडागाड नगरपालिकाले कुल रकम ५३ करोड विनियोजन गरेको छ । जस मध्ये पहिलो प्राथामिकता कोरोना राेकथामकाे लागि स्वास्थ्य, कृषि शिक्षा भौतिक पुर्वाधार विकास निमार्णका काम लाई जोड दिइएको नगर प्रमुख महताराको भनाई रहेको छ ।

कृषिको उत्पानका लागि राम्रो सम्भावना मानिने क्षेत्रमा कृषकलाई आकर्षण  बनाउन विभिन्न प्रोहत्सान सहुलियत ऋणको व्यवस्था र कृषि उत्पादित बस्तु भाउ खरिद बिक्रिका लागि नगरपलिकाले सहयोग गर्ने छ । अहिलेको छेडागाड नगरपालिकाको चालु आर्थिक बजेटको लोकप्रिय कार्यक्रम भनेको कृषकसंग मेयर कार्यक्रम रहेको छ । साथै विश्व संकटको अवस्थामा रहदा पनि कोरोना भाईरसबाट बच्न छेडागाडका आम नागरिकलाई सावधानी सर्तकताका साथ समृद्ध नगरपालिका निमार्ण गर्नकाे लागि नगर प्रमुख महतरालृ आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार